Ads

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित


काठमाडौं। नेकपा माओवादीले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

नयाँ नेतृत्वका लागि यही मङ्सिर २३ र २४ गते अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन तय भएको थियो ।

तत्कालका लागि सम्मेलन स्थगित गरिए पनि मङ्सिर २७ गते बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू