Ads

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सभापति शेरवहादुर देउवाले सोमबार बस्ने गरी बैठक बोलाएका हुन्। बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र पार्टी भित्र भइरहेका गुटगत भेलालगायतका विषयमा छलफल हुने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू