Ads

“सरकार ढल्दैन,अफवाहमा नलागौं”


काठमाडाैं ।  गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकले एमाले–काँग्रेसबीचको सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने बताउँदै सरकार परिवर्तनको अफवाहमा नलाग्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयले लुम्बिनी प्रदेश सरकारको समन्वयमा भैरहवामा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आजै उद्घाटन गर्दै लेखकले सरकार बन्न नपाउँदै,मन्त्री बन्न नपाउँदै सरकार ढल्छ,मन्त्री फेरिन्छन् भनेर भ्रम सिर्जना गर्ने गरिएको जिकिर गरेका हुन् ।

भारतीय गुप्तचर संस्था र’अ का पूर्व एजेन्ट लक्ष्मण सिंह बिष्टको एक महिनाभित्र ओली सरकार ढल्ने दावीसहितको अन्तर्वार्ता नव भारत टाइम्समा प्रकाशित भएपछि नेपालमा पनि अफवाह फैलिएको छ । भारत ओली सरकार ढाल्ने प्रयासमा देखिन्छ । तिनै अफवाहलाई गृहमन्त्री लेखकले खण्डन गरे। सुशासन,समृद्धि र विकासका लागि दुई ठूला दलले सत्ता समीकरण गरेको उल्लेख गर्दै लेखकले अनावश्यक भ्रममा नपर्न आग्रह गरे ।

उनले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन पनि दिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएका अधिकार उपभोग गर्न नपाउँदा प्रदेश सरकारले काम गर्न नसकेको गुनासो गरे । उनले सुशासनका लागि प्रदेश सरकारले मुख्य प्राथमिकता दिएको दावी गरे ।

गोष्ठीमा चार वटै सुरक्षा निकायका प्रमुखहरु, लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू