Ads

भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान


अछाम । नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।  रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो ।

रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

Ads

सम्बन्धित पोष्टहरू