Ads

बाजुरामा मतदान सकिने बेला विवाद भएपछि प्रहरीले चलायो गोली, एक जनाको मृत्यु, केहिँ घाईते


बाजुरा । बाजुरामा मतदान सकिने बेला विवाद भएपछि प्रहरीले चलाएको गोली लाग्दा एक जना स्थानीयको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले स्थानीय सुरेन्द्र ऐडीको मुत्यु भएको हो ।

वडाध्यक्ष जुद्धबहादुर ऐडीका अनुसार ‘सुरेन्द्रको मृत्युसँगै अरु स्थानीयहरु घाइते भएका छने । यहाँ अवस्था त्रासपूर्ण छ । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।’ यस्तै उनका अनुसार गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन् । घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ।

 

Ads

सम्बन्धित पोष्टहरू