Ads

कस्मिक इन्टरनेशनल एकेडेमीमा सामाजिक विषयको अभिमुखीकरण तालिम


काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित कस्मिक इन्टरनेशनल एकेडेमीले एसईई दिने विद्यार्थीहरुलाई सामाजिक विषयको अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

कार्यक्रममा निमा पुस्तक प्रकाशनका सामाजिक विषयका लेखक तथा सहजकर्ता मान बहादुर सुनार र मोहन प्रसाद घिमिरले पाठ्यक्रमको विशिष्टीकरण तालिका र उत्तर लेखन क्षमता सम्बन्धि विषयमा काउन्सिलिङ गर्नु भएको थियो । यही पुष २५ गते विहीबार प्रदान गरिएको तालिममा कक्षा १० मा अध्ययनरत ८६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

विद्यार्थीमा भएको नेपाली भाषाको समस्या हटाउन, सामाजिक अध्यययन बुझ्न समाजसँग भिज्न सिकाउन, विद्यार्थीलाई सामाजिकीकरणको अभ्यास गराउन, सामाजिक विषयमा भएका धेरै कन्टेटहरुको कसरी समायोजन गरेर पढ्नेलगायत अभिमुखीकरणका कारण सहज हुने सहजकर्ताहरुले दाबी गरेका छन् ।

कस्मिक इन्टरनेशनल एकेडेमीका प्राचार्य अर्जुन कुमार खत्रीले सामाजिक चुनौतीपूर्ण विषय भएको जनाउनु भयो । उहाँले सहजकर्ताहरुको कारण पठनपाठन, अध्ययन र परीक्षा लेखनमा विद्यार्थीहरुलाई सहज हुने विश्वास व्यक्र गर्नुभयो । तालिममा सहभागी विद्यार्थीहरुले सहजकर्ताले दिएको ज्ञानका कारण कक्षामा सामाजिक विषय बुझ्न सहज हुने र उत्तर लेखनशैलीमा पनि सहज हुने विश्वास लिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू