Ads

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ।

न्यायाधीशले आजै आदेशको तयारी गरेका छन्। आज बिहान स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनीविरुद्ध हिजो सार्वजनिक बिदा भएका कारण बहस अगाडि बढ्न सकेको थिएन।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए। सोमबार थुनछेक बहस भयो। तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन।

अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए। मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए।

Ads

सम्बन्धित पोष्टहरू