काठमाडाैं । इसराइली प्रधानमन्त्री कार्यालयले आइतबार बिहान ११:५५ बजेदेखि गजामा युद्धविराम लागू भएको घोषणा गरेको अमेरिकी अखबार सिएनएनले जनाएको छ।
आइतबार सम्झौताभन्दा चार घन्टा ढिला गरी गजामा युद्धविराम घोषणा भएको हो। स्थानीय समयअनुसार बिहान साढे ८ बजे युद्धविरामको घोषणा हुने भनिएपनि हमासले बन्धकको सूची नबुझाएको भन्दै युद्धविराम घोषणामा ढिलाइ भएको हो।
युद्धविराममा ढिलाई भएपछि इसराइलले गजामा हवाई आक्रमणसमेत गर्यो जसमा कम्तिमा १३ जनाको मृत्यु र ३० जना घाइते भएको सिएनएनले समाचारमा लेखेको छ।
युद्धविराम घोषणासँगै हमासले तीन इसराइलीलाई बन्धकमुक्त गर्नेछ। बन्धकमुक्त भएकाहरू रेडक्रसमार्फत इसराइल पुग्नेछन्।
प्रतिक्रिया दिनुहोस्