Ads

भक्तपुर –२ को जारी मतगणना : कांग्रेसका दुर्लभ थापा क्षेत्रीलाई पछ्याउदै एमालेका नेता महेश


काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ को जारी मतगणनामा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री अगाडि देखिएका छन भने दोस्रो स्थानमा नेकपा एमालेका महेश बस्नेत रहेका छन् । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी ४५० मत प्राप्त गरेका छन् । भक्तपुर–२ को मतगणना भक्तपुरको कोशल्टार र बोडेमा जारी छ ।

 

Ads

सम्बन्धित पोष्टहरू