काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन्।
उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट अझै खाली रहेको सूचना पाएको बताउँदै आवेदन दिन आह्वान गरेका हुन्।
उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ।
प्रतिक्रिया दिनुहोस्