Ads

गुल्मी २ (क) मा एमालेका भुसाल विजयी


 

बुटवल । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।भुसालले १४ हजार नौ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् ।

भुसाल र श्रेष्ठ एउटै वडाका हुन् । उनीहरूबीच ०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि पनि थुप्रै निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो । भुसाल ०७४ मा रेसुंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू