Ads

निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित


मकवानपुर । यहाँको निर्मल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्रशान्त भण्डारी निर्वाचित भएका छन् । हेटौँडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसको मंगलबार सम्पन्न मतदानको मतगणना अनुसार भण्डारीले ५३ मत सहित जित निकालेका हुन् ।

नेपाल विद्यार्थी संघ र अनेरास्वयुको संयुक्त प्यानलमा सभापतिको उम्मेदवार बनेका भण्डारीले अखिल समाजवादीकी उम्मेदवार नवीना घलानलाई पराजित गरेका हुन् ।

अनेरास्ववियुबाट नेविसंघको गठबन्धनमा उम्मेदवार बनेका भण्डारीले जित निकाल्दा घलानले ३१ मत प्राप्त गरेकी थिइन् । उक्त क्याम्पसमा भण्डारीसहित सबै पदमा उनको प्यानलले जित निकालेको छ । सो क्याम्पसमा ८७ जना मतदाता रहेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू