Ads

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा १४ हजार मतान्तरले निर्वाचित


काठमाडौं । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत ल्याए ।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू