काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्नसक्ने बताएका छन् ।
बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन ।’
प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको उनले स्पष्ट पारे । त्यस दिनको बैठकमा कुलमानबारे कसैले एक शब्द चर्चा नगरको प्रचण्डले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्