Ads

नेकपा फुटेपछिको ओली र प्रचण्डबीच पहिलो टेलिफोनमा कुराकानी


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच टेलिफोन सम्बाद भएको छ । बिहीबार दिउँसो प्रचण्डलाई अध्यक्ष ओलीले टेलिफोन गर्दै बधाई साटासाट गरेका छन् ।

ओलीले प्रचण्डलाई फोनबाट मिलेर अघि बढ्न समेत आग्रह गरेका छन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

प्रचण्डले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए । ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

ओली र प्रचण्डको सचिवालयका अनुसार प्रचण्डसँग र अलीको फोनमा कुरा भएको पुष्टि गरे । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ स्रोतको भनाई छ ।

 

Ads

सम्बन्धित पोष्टहरू