Ads

आन्दोलनरत शिक्षक प्रतिनिधिसँग कांग्रेस प्रवक्ता महतको छलफल


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

महतले आज बिहान आफ्नै निवासमा गरेको छलफलमा शिक्षकहरूका मागमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारले जायज माग यथाशीघ्र पूरा गर्नुपर्ने बताए ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पनि छलफल गरेका थिए ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरू शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू