चितवन,। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको छ लेन सडकको उद्घाटन गर्न आउन लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्ने बताएका छन् । नारायणी अनलाइनसंग कुरागर्दै प्रमुख दाहालले आफ्नो महत्वपूर्ण समय दिएर सडक उद्घाटन गर्न आउन लागेकोमा प्रधानमन्त्रीलाई धन्यबाद समेत दिए ।
‘बिसम परिस्थितिमा पनि सम्माननिय प्रधानमन्त्रीले समय छुट्टाएर सडक उद्घाटन गर्न आउन लाग्नुभएको छ,हाम्रा लागि पनि खुसीको कुरा हो र गौरबको कुरा पनि हो,उनले भने ।’ उनले भरतपुर महानगरपालिकाको सक्रियतामा सडक बनेको भन्दै प्रधानमन्त्रीलाई महानगरमा स्वागत र धन्यबाद दिने बताए ।
यस सडकलाई महानगरपालिकाले सधैं सरक्षण गर्ने बताए । उनले केन्द्र सरकारले छ किलोमिटर सडकको ठेक्का नलगाउने भन्दै महानगरको सक्रियतामा बनेको सडकको आफुहरुलाई माया लाग्ने बताए । उनले सडक निर्माण गर्दा सडक विभागसंग मिलेर समन्वयकारी भूमिका निर्वाह उल्लेख गरे । यस सडकमा सौन्दर्यकरणका कामहरु महानगरपालिकाले गरिरहेको उनको भनाई छ ।
प्रधानमन्त्री ओली शुक्रबार छ लेन सडक उद्घाटन र चितवन,नवलपुरका विभिन्न कार्यक्रममा सहभागि हुन आउँदै छन् । संघिय सरकारको बजेटबाट बनेको सडकलाई महानगरपालिकाले आफूले बनाएको भन्दै प्रचार गरेपछि चितवनका अन्य राजनीतिक दलहरुले बिरोध जनाउँदै आएका छन । यसअघि तत्कालिन समयमा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गर्दा भरतपुर महानगरपालिका प्रमुख दाहाल अनुपस्थित रहेका थिए। यही बिषयलाई लिएर प्रधानमन्त्री ओलीले मेयर दाहाल अनुपस्थित भएपछि मेयर पिकनिक खान गएको संज्ञा दिएका थिए।
प्रतिक्रिया दिनुहोस्