काठमाडौं । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् ।
आइतबार दिउँसो पक्राउ परेका ७ जनालाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्