नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ । बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको भए पनि केही ढिलो गरी शुरू भएको हो ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्