काठमाडौं । अघिल्लो आइतबार मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनामा समानुपातिक तर्फ नेकपा (एमाले) सबैभन्दा ठूलो दल बनेको छ । एमालेले हालसम्म २२ लाख ९० हजार ३९७ मत ल्याएर सबैभन्दा ठूलो दल बनेको हो ।
एमालेपछि दोश्रोमा रहेको नेपाली कांग्रस झण्डै १ लाखकै अन्तरले पछाडी छ । उसले २१ लाख ९१ हजार ३८२ मत पाएको छ भने तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को ९ लाख ५८ हजार ४१८ मत रहेको छ ।
नजगठित राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४३५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८४ हजार ९३९, जनता समाजवादी पार्टीले २ लाख ७९ हजार ९३९, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १८ हजार २२१, जनमत पार्टीले २ लाख १३ हजार १०३, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६८६ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्