काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ ९आइएससी०का सहभागीले आज भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा ९आइएससी० सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका ९आइएससी० का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए ।
यसैगरी, नेपाली प्रतिनिधिका रुपमा ९आइएससी० का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए । रासस
प्रतिक्रिया दिनुहोस्