प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण मंगलवारका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
मंगलवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्रीको स्वास्थ्यका कारण मंगलवारको कार्यसूचीबाट प्रश्नोत्तरको कार्यक्रम हटाइएको जानकारी दिए ।
यसअघि ओलीको स्वास्थ्यकै कारण सोमवार कांग्रेस सभापति शेरबहादुर देउवासँग हुने भनिएको भेट स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्