काठमाडौँ । प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुका बीचमा आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो। भेटपछि चाक्सीबारीले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।
नेता सिंहका सहयोगी युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट भएको बताए। ‘बालकोटमा भेटघाट भएको हो । बधाई साटासाट गर्नुभयो,’ उनले भने, ‘नेताहरुका बीचमा भेट हुँदा राजनीतिक कुराकानी त भइहाल्छ।’
प्रतिक्रिया दिनुहोस्