Ads

राष्ट्रिय स्वतन्त्र पार्टी पनि छिट्टै सहमतिमा आउँछः योगेश भट्टराई


काठमाडौं, । सत्तारूढ नेकपा (एमाले)का सांसद योगेश भट्टराइले राष्ट्रिय स्वतन्त्र पार्टी पनि छिट्टै सहमतिमा आउने बताएका छन्। शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँगको कुराकानीमा सांसद भट्टराईले माओवादी केन्द्र सहमतिमा आइसकेको र रास्वपा पनि छिट्टै सहमतिमा आउने बताएका हुन्।

पाकोहरू अलि छिटो आउँछन्। योङ्हरूलाई विस्तारै ल्याउनुपर्छ। नवजवानहरू जोश छ जाँगर छ विस्तारै बिस्तारै बुझ्नुहुन्छ र आउनुहुन्छ, उनले भने। उनले बैठक लामो समय अवरोध हुनु ठिक नभएको कुरामा माओवादी केन्द्रले सुझबुझ देखाएको पनि बताए।

‘बजेटंबारे छलफल गर्नुपर्नेछ। निजामति विधेयक, विद्यालय शिक्षा विधेयकहरू छिटोभन्दा छिटो पास गर्नुपर्नेछ। संसदमा भएका बाँकी विधेयकहरूलाई पनि अघि बढाउनुपर्नेछ,उनले भने।भट्टराईले माओवादी केन्द्रसँग दुई बुँदामा सहमति भएको पनि बताए।

Ads

सम्बन्धित पोष्टहरू