Ads

धनुषा ४ मा एमालेका रघुवीर महासेठ निर्वाचित


काठमाण्डौ । नेकपा एमालेका सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका हुन्। महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए। मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन्।

महासेठ २०७४को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। यो जीत संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो।

Ads

सम्बन्धित पोष्टहरू