Ads

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रम राखिएको थियो।

रास्वपाले सदन सुरू भएलगत्तै कुर्सीबाट उठेर विरोध जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले प्रश्नउत्तर कार्यक्रमलाई ‘विशेष कारण’ भन्दै कार्यसूचीबाट हटाएका थिए।

त्यसपछि सभामुख घिमिरेले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि रास्वपा र राप्रपाले सदन छाडेर हिँडेका हुन्।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

Ads

सम्बन्धित पोष्टहरू