Ads

पतञ्जली जग्गा प्रकरण: बयानका लागि विशेष अदालत पुगे माधव नेपाल


पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन्।

पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।

गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू