काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने तर्क गरेकी छिन् ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘निजी खोल्न दिने कि नदिने रु भन्ने प्रश्न छ । भैरहेकोलाई के गर्ने रु शिक्षालाई गैरनाफामूलक बनाउने हो,’ सांसद श्रेष्ठले भनेकी छिन्, ‘जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन । संविधानको स्प्रिट नबोक्ने हो भने संविधान चेन्ज गरौं ।’
उक्त प्रस्ताव अघि सार्दै उनले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनपर्ने बताइन् ।‘निजीलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्छ । १५ वर्षपछि क्रमश गैरनाफामूलक लोककल्याणकारी हुने बनाउनु पर्छ,’ उनले भनिन् ।
त्यसका लागि समय सीमा नै तोकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।‘एउटा समय सिमा तोकेर जाऔं । १५ वर्षमा निजीलाई राष्ट्रियकरण होइन गैरनाफामूलक बनाऔं,’ समिति बैठकमा श्रेष्ठले भनिन् ।
प्रतिक्रिया दिनुहोस्