Ads

नेतृत्वको बहस रोक्नुस्, यो उपयुक्त समय होइन: महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन्।

बुधवार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ’, महासचिव पोखरेलले भने,‘पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने समयमा नेतृत्वको बहसले पार्टीलाई फाइदा गर्दैन।’

पूर्व राष्ट्रपति भण्डारीले एमाले राजनीतिमा फर्किएको घोषणा गरेसँगै अहिले एमाले वृत्तमा अनेक टीका टिप्पणी चलिरहेको छ। एमालेमा अहिले आगामी नेतृत्वका लागि ओली र भण्डारीका नाममा कित्ताकाट सुरु भएपछि महासचिव पोखरेलेको यस्तो निर्देशन आएको हो।

Ads

सम्बन्धित पोष्टहरू