Ads

आज प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । बैठक आज अपराह्न १ : बजे बस्दैछ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिए।

प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर यही असार २० गते स्वदेश फर्केका थिए। प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ ।

Ads

सम्बन्धित पोष्टहरू