Ads

शपथकै बेला मन्त्रीहरुलाई एक वर्ष भनिएको थियो : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य प्रक्रिया भएको दाबी गरेका छन्। बुधवार सञ्चार मन्त्रालयमा मन्त्री गुरुङले मन्त्रिरिषद हेरफेरका विषयमा भएको चर्चालाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन्।

उनले मन्त्रीमण्डल गठन, पुनःगठन गर्नेकुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने बताएको सार्वजनिक गरे।

गुरुङले भने, ‘मन्त्रीमण्डल गठन, पुनःगठन हुने कुरा ठूला कुरा छैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छौँ । सामान्यतः एक वर्षभित्र मन्त्रीहरुलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो । १ वर्षको हो है भन्नुभएको थियो । त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो ।’

सरकारको एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्याण्डिङ गरेको उनले उल्लेख गरे। सरकारले १२ महिनाको काम राम्रोसँग गरेको दाबी गरे।

गुरुङले भने, ‘हाम्रो अर्थतन्त्र हामी सरकारमा जाँदा जे हालतमा थियो, मुलुक फेल हुनसक्छ भन्ने स्थिति थियो आज सबै कुरा पोजेटिभ भएको छ । यद्यपि हामीले चाहेको अझै भएको छैन । आयात घट्न थालेको छ । निर्यात बढ्न थालेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसावले पनि धेरै राम्रो भएको छ । लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ । अब कति स्पिडमा जाने भन्ने हो।’

Ads

सम्बन्धित पोष्टहरू