Ads

प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित


काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुनेगरी सारिएपनि प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू