Ads

नेपाल–खनालबीच ‘भद्र सहमति’, सार्वजनिक वाकयुद्ध अन्त्य


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच लामो समयदेखि चल्दै आएको आरोप–प्रत्यारोप अन्त्य गर्न ‘भद्र सहमति’ भएको छ।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल, खनालसहितका शीर्ष नेताहरूबीच भएको छलफलमा एकअर्कामाथि सार्वजनिक रूपमा आरोप, आक्षेप र टिप्पणी नगर्ने सहमति भएको नेता दामोदर अर्यालले जानकारी दिए।

यसअघि, अध्यक्ष नेपालले खनाललाई “पार्टी छोडे पनि हुने” भन्ने आशय व्यक्त गरेका थिए भने खनालले “पार्टी गठनको चार वर्षपछि पनि औचित्य पुष्टि हुन नसकेको” भन्दै नेपाललाई ऐनामा अनुहार हेर्नुपर्ने टिप्पणी गरेका थिए। तर, भद्र सहमतिसँगै यी वाकयुद्ध यतै रोक्ने सहमति भएको हो।

खनाल पक्षले लामो समयदेखि नेपाललाई अध्यक्ष पदबाट हटाउनुपर्ने माग गर्दै आएको छ। पतञ्जली जग्गा प्रकरणमा नेपाल मुछिएपछि उक्त माग पार्टीभित्र अझै चर्किएको थियो। यही विषयलाई लिएर दुवै नेताबीच आरोप–प्रत्यारोप चर्किएको भए पनि अहिले सम्झौता भएपछि पार्टीभित्र आन्तरिक विवाद शान्त हुने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू