Ads

देश आत्मनिर्भर बनाउन स्थानीय स्रोतको सिर्जनात्मक उपयोग अपरिहार्य : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय स्रोतको सही प्रयोग र परिचालनले मात्र देश छिट्टै आत्मनिर्भर बन्न सक्ने बताएका छन्।

शुक्रबार भक्तपुरको चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा प्रचण्डले स्थानीय स्रोत र साधनलाई सिर्जनात्मक ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, यही मार्ग अपनाउँदा मात्र राष्ट्रिय अर्थतन्त्र सुदृढ र देश समृद्ध बन्ने सम्भावना हुन्छ।

प्रचण्डले भने, “स्थानीय तहबाटै मौलिक विकासको मोडल निर्माण गर्न आवश्यक छ। आफ्नो वस्तुस्थिति बुझेर योजना बनाई रहेका सम्भावनाको अधिकतम सदुपयोग गर्‍यौं भने देश आत्मनिर्भर बन्न धेरै समय लाग्दैन।”

उनले सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउन सकिएमा देशमै रोजगार सृजना हुने, उत्पादकत्व वृद्धि हुने र विदेश जाने प्रवृत्ति पनि निरुत्साहित गर्न सकिने बताए।

प्रचण्डले स्पष्ट पारे, स्थानीय स्तरमा भएको स्रोत, साधन र सम्भावनालाई सदुपयोग गर्नु मात्र विकासको आधार होइन, राष्ट्र निर्माणमा नागरिकहरूको सक्रिय सहभागिताको माध्यम पनि हो।

Ads

सम्बन्धित पोष्टहरू