नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः उच्च हुँदै गएको दाबी गर्नुभएको छ। साथै उहाँले पार्टीभित्र गुटबन्दी, अराजकता र अनुशासनहीनतालाई कुनै हालतमा स्थान नदिने प्रतिबद्धता जनाउनुभएको छ।
कर्णाली प्रदेशको पूर्ण बैठकलाई मंगलबार श्रव्यदृश्य माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल पर्वतारोहण सङ्घलगायतका निर्वाचनमा माओवादी केन्द्रसम्बद्ध उम्मेदवारहरूको जितलाई जनविश्वासको पुनःप्राप्तिको प्रमाणका रूपमा चित्रण गर्नुभयो।
पार्टीलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउन स्थायी समितिले स्पष्ट सङ्कल्प गरिसकेको उल्लेख गर्दै उहाँले शिक्षा विधेयकलगायत राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले देखाएको स्पष्ट अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्