Ads

बाजुरामा मुचुल्काभन्दा बढी मत फेला


बाजुरा  । बाजुरामा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना हिजोदेखि मात्र सुरु भएको थियो । तर आज फेरि  मुचुल्काभन्दा बढी मत फेलापरेपछि मतगणना रोकिएको छ ।

हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा भैरहेको मतगणनामा मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि विवाद हुँदा अहिले गणना रोकिएको हो ।

प्रतिनिधिसभातर्फको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । नेकपा (एमाले)का प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको स्रोतले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू