Ads

जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै दलसँग संवाद र छलफल जरुरी : उपाध्यक्ष नेम्वाङ


काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्नुपर्ने बताए ।

संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग उनले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु हुनुपर्ने उल्लेख गरेका हुन् ।

नेम्वाङको आशय तत्कालीन नेकपा विभाजनपछि गठन भएका माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिलेर अघि बढ्नुपर्छ भन्ने हो । ती दलले कांग्रेस नेतृत्वकै सत्ता गठबन्धनलाई निरन्तार दिने तयारी गरिरहेका बेला उनले विगतका कमीकमाजेरीलाई बिर्सेर एक ठाउँमा उभिनुपर्ने प्रस्ताप अघि सारेका छन् ।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत एमाले पार्टीलाई प्राप्त भएको बताएका छन् । उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू