काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः स्थगित गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाले सोमबार दिउँसो जारी गरेको विज्ञप्तिमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
यसअघि आइतबारका लागि तय गरिएको बैठक आन्तरिक तयारी नपुगेको कारण स्थगित गरिएको थियो । महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ। ।
कांग्रेस स्रोतका अनुसार, बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, संगठन सुदृढीकरण, र पार्टीभित्रको असन्तुष्ट धारको व्यवस्थापन जस्ता विषयमा केन्द्रित हुने अनुमान छ । तर केही नेताले कार्यसूची स्पष्ट नहुँदा बैठक स्थगन गर्नु नेतृत्वको कमजोरी भएको टिप्पणी गरेका छन् ।
केन्द्रीय समिति बैठक स्थगित भएपछि पार्टीका नेताहरूबीच पुनः अनौपचारिक छलफल जारी रहेको जनाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट श्रोतले बैठक मंगलबारबाट नियमितरूपमा सञ्चालन हुने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्