Ads

वैकल्पिक वाम धारको खोजी: हरिसिद्धीमा विप्लव–घनश्याम–जनार्दन त्रिपक्षीय संवाद


नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लवको निवास पुगेका छन्।

तीन शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक परिवेश, वाम आन्दोलनको दिशा र आगामी निर्वाचनमा सम्भावित सहकार्यका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

नेता निकट वृतका अनुसार भेटमा वाम शक्तिहरूबीचको एकता, साझा एजेन्डा निर्माण र आगामी रणनीतिक तालमेलबारे गम्भीर र सकारात्मक संवाद भएको छ। उनीहरूले यो भेटलाई वाम आन्दोलन पुनर्संयोजनतर्फको अर्थपूर्ण पहलका रूपमा व्याख्या गरेका छन्।

हालै देशभर वाम शक्तिहरूबीच एकता र सहकार्यको सम्भावनाबारे जारी छलफलबीच भएको यो भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू