Ads

गृहमन्त्री अर्याल : “कतिपय कुरा भन्न मिल्दैन, शुद्ध चित्तले कर्म गरिरहेको छु”


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय अत्यन्त संवेदनशील भएको भन्दै त्यहाँका कतिपय गतिविधिबारे सार्वजनिक रूपमा कुरा गर्न नसकिने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले भनेका छन्, “गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ भन्ने मात्रै होइन, के गर्‍यौँ भन्ने पनि भन्न नमिल्ने अवस्था हुन्छ।”

गृहमन्त्री अर्यालले आफू शुद्ध चित्त र नियतमाथि आधारित भएर जिम्मेवारी पूरा गरिरहेको बताउँदै जनतासँग धैर्यको अपिल गरेका छन् । उनका अनुसार, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरू विकल्प छैन । कार्यकालको अन्त्यमा जनतालाई हामी धैर्यका लागि धन्यवाद दिनेछौँ।”

उनले पाइलैपिच्छे सुशासनको बाटोमा अघि बढ्दै देशलाई निर्वाचनमार्फत स्थायित्व र निकास दिने वर्तमान सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।

अर्यालको भनाइअनुसार, सरकार सुशासन, सुरक्षा र स्थायित्वका लक्ष्यप्रति प्रतिबद्ध रहेको छ र गृह प्रशासनलाई परिणाममुखी बनाउने दिशामा निरन्तर क्रियाशील छ ।

Ads

सम्बन्धित पोष्टहरू