राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त पार्टी सांसद कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिपरिषद्मा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले यस कदमप्रति असन्तुष्टि जनाउँदै सो निर्णय पार्टीको आधिकारिक सहमति बिना गरिएको बताएका हुन्।
‘हाम्रो अहिले त्यस प्रकारको सरकारमा सामेल हुने कुनै योजना वा कार्यक्रम छैन,’ लिङ्देनले भने, ‘यो पार्टीको निर्णयविपरीत गरिएको कार्य हो, त्यसैले सांसद बिच्छालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिइएको छ।’
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि औपचारिक रूपमा चेतावनी दिँदै लेखेका छन्—
‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधानबमोजिम कारबाही गरिनेछ।’
लिङ्देनको यस निर्देशनसँगै मधेश प्रदेशमा राप्रपाको राजनीतिक कदम फेरि विवादमा परेको छ।
प्रतिक्रिया दिनुहोस्