Ads

एमालेसँगको चुनावसँगै सहकार्यको कोर्स सकियो : अध्यक्ष यादव


विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताए । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेसँगको चुनावी सहकार्य सकिएको तर्क राखेका छन् ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो । जसपाका अध्यक्ष यादवले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’

यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवको भनाई छ ।

४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू