मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ गराएका हुन्।
नेपाली कांग्रेसबाट मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले अब विश्वासको मत लिन मङ्सिर २४ गते प्रदेश सभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले समेत आगामी विश्वासको मत प्रक्रियामा साझा समर्थन जनाउने निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।
मुख्यमन्त्री यादवले शपथपछि जितजंगपूर्ण रूपमा मन्त्रिमण्डल गठन प्रक्रियासमेत अघि बढाउने तयारी गरेका छन्। प्रारम्भिक चरणमै सत्ता सहकार्यलाई संस्थागत गर्दै समावेशी र प्रभावकारी मन्त्रिमण्डल बनाउने संकेत उनको सचिवालयले दिएको छ।
प्रतिक्रिया दिनुहोस्