जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको अवस्था अवलोकन गर्न पूर्वराष्ट्रपति विद्या भण्डारी आइतबार दिउँसो सिंहदरबार पुगेकी छन्।
अवलोकनका क्रममा उनी सिंहदरबारमै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्तामा जुटेकी छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला सिंहदरबार परिसरमा आगजनी र तोडफोड भएको थियो। पूर्वराष्ट्रपति भण्डारी सो घटनापछि पहिलोपटक प्रत्यक्ष रूपमा अवस्थाबारे जानकारी लिन सिंहदरबार पुगेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भइरहेको भेटमा आगजनीपछिको पुनर्निर्माण, सुरक्षा व्यवस्थाको प्रभावकारिता तथा हालको राजनीतिक अवस्थाबारे छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्