नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्रा.) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई भेट्न सिंहदरबार पुगेका छन्। मन्त्री नियुक्त भएको केही समयमै घिसिङले शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाउँदै अड्डासार गरेका थिए।
शाक्यले सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए, जहाँ अदालतले उनलाई पुनर्बहाली गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि कार्यालय फर्किएका शाक्य बुधबार पहिलोपटक मन्त्री घिसिङलाई भेट्न मन्त्रालय पुगेका हुन्। हाल उनी मन्त्रीसँग भेटका लागि लाइनमा रहेको स्रोतले जनाएको छ।
पदबाट हटाइएका बेला शाक्यले घिसिङसँग सहकार्य गरेर ऊर्जा क्षेत्रमा सकारात्मक नतिजा दिन सकिने प्रतिक्रिया दिएका थिए। पुनर्बहालीपछि दुवैबीच हुने भेटले आगामी समन्वय र प्राधिकरणको कार्यदिशाबारे नयाँ संकेत दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्