Ads

सरकार र जेन-जीहरूबीचको सम्झौता कलाविहीन नाटक, मान्यता दिँदैनौँ: अध्यक्ष केपी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा अन्तरिम सरकार र जेन–जीका विभिन्न समूहबीच बुधबार भएको १० बुँदे सम्झौतोलाई “कलाविहीन नाटक” को संज्ञा दिएका छन्।

बिहीबार सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले उक्त सम्झौता प्रक्रियाको कठोर आलोचना गरेका हुन्।
उनले भने, “अहिलेको सरकार ढोकामाथि गोबर लगाएर नाग टाँसे जस्तै बनेको छ। हिजो चलेको त्यो कलाविहीन नाटक कसरी पटाक्षेप भयो, तपाईंहरूलाई थाहा छ। जति कलाविहीन रूपमा नाटक सुरु भयो, त्यही स्तरमा पर्दा पनि फेरि उठेको देखियो।”

ओलीले जेन–जी समूहसँग सम्झौता गर्ने अधिकार वर्तमान सरकारसँग नै नभएको आरोप लगाए।
उनका शब्दमा, “यो सरकारले त्यो मान्यता कहाँबाट पायो? गोबर लगाएर नाग टाँसे जस्तो स्थिति बनाएको छ। को–कोलाई बोलाएर कागज थमाएर सम्झौता गरेको हो? त्यो सम्झौता हिजै अस्वीकार भइसकेको छ—त्यो कागज त्यतै च्यातियो।”

सम्झौता दस्तावेजलाई उनले “फजुल कागज”को संज्ञा दिँदै त्यसलाई मान्यता नदिने स्पष्ट घोषणा गरे।
“त्यस्ता फजुल कागजलाई मान्यता दिने कुरा हुँदैन,” ओलीले भने, “त्यो कलाविहीन नाटकलाई एमालेले कुनै मान्यता दिंदैन।”

Ads

सम्बन्धित पोष्टहरू