काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निकट भविष्यमा मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी पूरा गरेकी छन्।
यसको लागि आवश्यक परामर्श तथा राजनीतिक समन्वय तीव्र रूपमा भइरहेका छन्। चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी प्रधानमन्त्री कार्कीले आजै नयाँ मन्त्रीहरू समावेश गर्ने सम्भावना उच्च रहेको स्रोतहरूले जनाएका छन्। बिहीबार मात्र उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी थिइन्, जसलाई मन्त्रिपरिषद् विस्तारको पूर्वतयारीका रूपमा हेरिएको छ।
स्रोतका अनुसार यसपटक मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिनेछन्। तर कुन–कुन मन्त्रालयमा नयाँ सदस्य नियुक्त हुनेछन् भन्ने विषय औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। आवश्यक शक्ति–सन्तुलन तथा गठबन्धनभित्रको समन्वयका लागि प्रधानमन्त्री पक्ष अहिले पनि सक्रिय परामर्शमा रहेको बताइएको छ।
मन्त्रिपरिषद् विस्तारसँगै सरकार सञ्चालनमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्