Ads

बर्दियाकी विमला बिकको केन्द्रीय राजनीतिमा बलियो उपस्थिति


पूर्व राज्यमन्त्री विमला बिकले नेकपा एमालेको हालै सम्पन्न ११औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन् ।

कुल २ हजार २६३ मतदाता रहेको निर्वाचनमा २ हजार २७ मत खसेको थियो, जसमध्ये बिकले १ हजार ९६२ मत प्राप्त गर्दै खुला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

बर्दियाकी बिक २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद निर्वाचित भई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

मन्त्रीका रूपमा रहँदा उनले प्रभावकारी भूमिका निर्वाह गरेको मूल्याङ्कन हुँदै आएको छ भने संसदमा पनि उनको प्रस्तुति सशक्त र प्रभावशाली मानिँदै आएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिम्मेवारी थपिएको महसुस भएको बताउँदै बिकले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले आगामी दिनमा पनि विगतझैँ सक्रिय भूमिका खेल्दै नेकपा एमालेलाई देशकै पहिलो पार्टी बनाउने अभियानमा निरन्तर लागिरहने बताएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू