Ads

राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच शीतलनिवासमा उच्चस्तरीय छलफल जारी छ । समसामयिक राजनीतिक अवस्थाबारे विचार–विमर्श गर्न उक्त बैठक बोलाइएको बताइएको छ ।

बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

राजनीतिक स्थिरता, पछिल्लो घटनाक्रम र भावी सहकार्यका विषयमा छलफल केन्द्रित हुने अनुमान गरिएको छ । बैठकको निष्कर्षबारे औपचारिक जानकारी आउन बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू