Ads

रास्वपाले बृहत्तर एकता घोषणा सभा गर्दै


काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू